Breaking News.... EverestOnlineKhabar
June 5, 2026

Loading

२०७६ माघ १६, ललितपुर । ललितपुरको एउटा फिटनेश सेन्टरमा बुधबार राति एक दम्पतीको मृत्यु भएको छ । तिखेदेवलस्थित फिट एन्ड फाइन एरोबिक फिटनेसको बाथरुममा नुहाउन गएका दम्पत्तीको मृत्यु भएको हो । महानगरीय प्रहरी परिसर ललितपुरका अनुसार बुधबार राति करिब ९ बजेको समयमा उक्त हेल्थ क्लवको ‘साउना बाथ’ का क्रममा ४२ वर्षीय हस्त गर्बुजा मगर र उनकी पत्नी ३९ वर्षीय नेत्रकुमारीको मृत्यु भएको हो । मृतक हस्त गर्बुजा पूर्वमन्त्री थममाया थापाको स्वकीय सचिव थिए ।

महानगरीय प्रहरी परिसर ललितपुरका प्रहरी वरिष्ठ उपरीक्षक टेकप्रसाद राईले दिएको जानकारीअनुसार नुहाउन गएका दम्पती बेहोस भएको जानकारी पाउनासाथ घटनास्थल पुगेको प्रहरी टोलीले दुवैजनालाई तत्कालै अस्पताल लगेको थियो । चिकित्सकले दुवै जनाको मृत्यु भएको पुष्टि गरेपछि शव परीक्षण लगायत आवश्यक अनुसन्धान भइरहेको उनले जानकारी दिए । फरेन्सिक एक्सपर्टलाई घटनास्थलसमेत देखाइएको र आवश्यक अनुसन्धानमा प्रहरी जुटेको प्रहरी वरिष्ठ उपरीक्षक राईको भनाइ छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.

You Missed