Breaking News.... EverestOnlineKhabar
April 20, 2026

Loading

२०७६ माघ १०, काठमाडौँ – सभामुखका लागि उम्मेदवारी दिएका अग्नि सापकोटालाई प्रक्राउ गर्नु पर्ने मागसहित सर्वोच्च अदालतमा रिट दायर भएको छ । हत्या अभियोग लागेका नेकपा नेता सापकोटालाई सत्तारुढ पार्टीले सभामुखका लागि उम्मेदवार बनाएको छ । उनीविरुद्ध शुक्रबार दिनेश त्रिपाठीले तत्काल पक्राउ गरी कारबाही प्रक्रिया सुरु गर्नु पर्ने मागसहित सर्वोच्च अदालतमा रिट दायर गरेका हुन् । रिटमा सापकोटालाई सभामुख पदमा निर्वाचित नगर्न–नगराउन, निर्वाचन प्रक्रिया तत्काल रोक्न, पक्राउ गरेर अनुसन्धान गर्नु पर्ने, लामो समयसम्म अभियोजन नगरिएकाले प्रहरी अधिकारीहरुलाई पनि कारबाही गरिनु पर्ने तथा अग्नि सापकोटामाथिको अनुसन्धान गर्न टाक्स फोर्स बनाउनु पर्ने माग गरिएको छ ।

विधिको शासन कायम गर्न जघन्य अपराधका आरोपीलाई सभामुख बनाउन नहुने अभिप्रायका साथ आफूले रिट दायर गरेको अधिवक्ता त्रिपाठीले बताए । यो मुद्दाको पेशी आइतबारका लागि तोकिएको छ । सशस्त्र आन्दोलन जारी रहेका बेला २०६२ वैशाख १६ गते काभ्रेको छत्रबाँझस्थित कृष्ण माध्यामिक विद्यालय व्यवस्थापन समितिका अध्यक्ष अर्जुन लामालाई तत्कालीन माओवादी कार्याकर्ताले अपहरण गरेर हत्या गरेका थिए । लामाको शव अपहरणको दुई महिनापछि गाडेको अवस्थामा फेला परेको थियो । घटनामा तत्कालीन माओवादीका नेताहरु सापकोटा, सूर्यमान दोङ, कार्यकर्ताहरू यादव पौडेल, भोला अर्याल, कर्णाखर गौतम, नोर्बु मोक्तानको संलग्नता रहेको भन्दै लामाकी श्रीमती पूर्णीमायाले जिल्ला प्रहरी कार्यालय काभ्रेमा किटानी जाहेरी दिएकी थिइन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.

You Missed