Breaking News.... EverestOnlineKhabar
April 20, 2026

Loading

२०७६ माघ १०, काठमाडौं । बागमती प्रदेश सरकारले शुक्रबार प्रदेशभर सार्वजनिक बिदा दिएको छ । तामाङ समुदायको चाड सोनाम ल्होछारको अवसरमा सार्वजनिक बिदा दिइएको वागमती प्रदेशको आन्तरिक मामिला तथा कानुन मन्त्रालयले जनाएको छ । मन्त्रालयले एक सूचना जारी गरी गर्दै प्रदेश सरकारको गत पुस २७ गतेको मन्त्रिपरिषद् बैठकको निर्णयअनुसार शुक्रबार सार्वजनिक बिदा दिने निर्णय गरेको हो । सोनाम ल्होछार भने भोलि मनाइँदैछ । प्रदेश सरकारले बिदा घोषणा गरेकाले प्रदेशभर बिदा हुने बागमती प्रदेशका मुख्यमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयका सचिव मधुसुधन बुर्लाकोटीले जानकारी दिए ।

काठमाडौं उपत्यकाको हकमा भने केन्द्र सरकारको राजपत्रअनुसार हुने उनले बताए । गृह मन्त्रालयले गत वैशाखमा प्रकाशित गरेको राजपत्रअनुसार प्रदेश सरकारले बिदा दिँदा आफ्नो प्रदेशभित्रका केन्द्र मातहतका कार्यालयसहित सम्पूर्ण सरकारी कार्यालय, शिक्षालय, उद्योगधन्दा सबै बन्द रहने छन् । केन्द्र सरकारले प्रदेश सरकारलाई दिएको अख्तियारीअनुसार प्रदेश सरकारले आफ्नो प्रदेशका महत्वपूर्ण धार्मिक, जातीय र सांस्कृतिक चाड, पर्व आदिमा आवश्यकता हेरी बढीमा ६ दिनसम्म बिदा दिन पाउने व्यवस्था छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.

You Missed