Breaking News.... EverestOnlineKhabar
April 20, 2026

Loading

२०७६ माघ ०७ काठमाडौं । भारत सरकारको सहयोगमा विराटनगरमा निर्मित एकीकृत जाँच चौकी (आइसिपी) सञ्चालनमा आएको छ । मंगलबार नेपालका प्रधानमन्त्री केपी शर्मा ओलीले र भारतीय प्रधानमन्त्रीले संयुक्त रुपमा भिडियो कन्फ्रेन्समार्फत उद्घाटन गरेसँगै आइसिपी सञ्चालनमा आएको हो । उद्घाटन लगतै भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले आइसिपी नेपाललाई हस्तान्तरणको घोषणा गरेका छन् । त्यस्तै नेपालका प्रधानमन्त्रीले त्यसको स्वामित्व ग्रहण गरेका छन् ।

विराटनगर –१८ मा पर्ने भेडियारीमा १ सय २९ बिघा जमिनमा निर्माण भएको आइसिपी भारत सरकारको दुई अर्ब १० करोडको लागतमा निर्माण सम्पन्न भएको हो । नेपाल इन्टरमोडेल ट्रान्सपोर्ट डेभलपमेन्ट बोर्ड अन्र्तगत आइसिपीको स्वामित्वमा रहनेछ । यसको सञ्चालन भने विराटनगर भन्सार कार्यालयले गर्नेछ । नेपालको आयात निर्यात व्यापारलाई सहजीकरण गर्न उक्त चौकी स्थापना गरिएको जनाइएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.

You Missed