Breaking News.... EverestOnlineKhabar
June 4, 2026

Loading

२०७६ पुस २५, काठमाडौं । चिनी मिल सञ्चालक विरेन्द्र कनौडियाले उखु किसानको १२ करोड रुपैयाँ भुक्तान गरेका छन् । नेपाली कांग्रेस प्रदेश ५ संसदीय दलका उपनेतासमेत रहेका महालक्ष्मी उखु मिलका सञ्चालक कनौडियाले उखु किसानहरुको खातामा १२ करोड रुपैयाँ जम्मा गरेका हुन् । नेता कनौडियाले उखु किसानको १२ करोड रुपैयाँ बैक खातामा जम्मा गरेको कांग्रेस प्रवक्ता विश्वप्रकाश शर्माले पुष्टि गरेका छन् । उनका अनुसार बाँकी रहेको ६ करोड रुपैयाँ यथाशीघ्र चुक्ता गर्नेसमेत प्रतिबद्धता जनाएका छन् ।

“उखु किसानहरुको खातामा १२ करोड रुपैयाँ जम्मा गरेर चिनी उद्योगी एवं कांग्रेस सांसद विरेन्द्र कनौडियाले सो को जानकारी कांग्रेस केन्द्रीय कार्यालयलाई दिनुभएको छ,” प्रवक्ता शर्माले ट्विटमार्फत भनेका छन्, “अब चुक्ता गर्न ६ करोड बाँकी रहेको बताउंदै यथाशीध्र चुक्ता गर्ने प्रतिबद्धतापनि पार्टीसँग व्यक्त गर्नुभएको छ ।”

यसअघि कांग्रेसले नेता कनौडियालाई सार्वजनिक सूचना जारी गरेर पुस २५ गतेभित्र उखु किसानको वक्यौता रकम भुक्तानी गर्न उर्दी जारी गरेको थियो । प्रवक्ता शर्माले पुस १८ गते ट्विट गर्दै उनलाई रकम भुक्तानी गरिएको बारे केन्द्रीय कार्यालयलाई जानकारी गराउनसमेत निर्देशन दिएका थिए । प्रतिपक्षी कांग्रेसले अन्य चिनी मिल सञ्चालकहरुबाट किसानको वक्यौता रकम भुक्तानी गराउन सरकारसँग आग्रह गर्दै आएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.

You Missed