![]()
काठमाडौं । भारत भ्रमणमा रहेको श्रीलंकाली क्रिकेट टोलीले तेस्रो टि–ट्वान्टी क्रिकेटमा शुक्रबार घरेलु टोलीसँग खेल्दैछ । ३ खेलको सिरिज बराबरी पार्ने लक्ष्यसहित श्रीलंका घरेलु टोली भारतविरुद्ध खेल्न लागेको हो । महाराष्ट्र क्रिकेट एसोसिएसनको मैदानमा नेपाली समय अनुसार बेलुका ७ः१५ बजे खेल सुरु हुनेछ ।
श्रीलंका यसअघिको दोस्रो टि–ट्वान्टी खेलमा ७ विकेटले पराजित भएसँगै भारतले १–० को अग्रता बनाएको थियो । आज जित निकाल्दै श्रीलंका सिरिज बराबरी पार्न चाहान्छ भने भारत २०२० को यो पहिलो सिरिज आफ्नो पक्षमा पार्ने योजनामा छ । यी दुई टोलीबीचको पहिलो टि–ट्वान्टी भने वर्षाका कारण रद्ध भएको थियो । टि–ट्वान्टी सिरिजपछि एकदिवसीय अन्तर्राष्ट्रिय सिरिज सुरु हुनेछ ।


