![]()
२०७६ पुस २०, काठमाडौं । नेकपाको पुस २३ गतेबाट बस्ने तय भएको केन्द्रीय समिति बैठक माघ १५ गतेबाट बस्नेगरी मिति परिवर्तन भएको छ । यसअघि पुस २३ गतेबाट बैठक बस्ने तय भएको थियो । आइतबार बसेको नेकपाको सचिवालय बैठकले आवश्यक तयारी नपुगेको भन्दै २२ दिन पर सारेर बैठकको मिति परिवर्तन गरेको हो । यसअघि पुस ६ गते सकिएको स्थायी समिति बैठकले पुस २३ गतेबाट केन्द्रीय समिति बैठक काठमाडौँमा बस्ने निर्णय गरेको थियो


