Breaking News.... EverestOnlineKhabar
April 19, 2026

Loading

२०७६ पुस १७, काठमाडौँ – काठमाडौँको नागढुङ्गाबाट झण्डै पाँच किलो चरेससहित एक व्यक्ति पक्राउ परेका छन् । चन्द्रगिरि नगरपालिका–२ नागढुङ्गाबाट चार किलो ८०० ग्राम चरेससहित मकवानपुर थाहा नगरपालिका–७ का ५९ वर्षीय भगवान् खत्रीलाई प्रहरीले पक्राउ गरेको हो । महानगरीय प्रहरी प्रभाग नागढुङ्गाबाट खटिएको प्रहरीले धादिङबाट काठमाडौँ आउँदै गरेको ना १ ज ५३७१ नम्बरको टाटासुमो जाँच गर्ने क्रममा उक्त चरेस फेला परेको हो । खत्रीले झोलामा लुकाई छिपाई चरेस ल्याउँदै गरेको पाइएको प्रहरीको दाबी छ । उक्त घटनाको विषयमा प्रहरीले थप अनुसन्धान गरिरहेको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.

You Missed