Breaking News.... EverestOnlineKhabar
June 4, 2026

Loading

२०७६ पुस १५, एजेन्सी– बलिउड अभिनेता अक्षय कुमारको चलचित्र ‘गुड न्यूज’ले बक्स अफिसमा उत्कृष्ट व्यापार गरेको छ । शुक्रबारदेखि प्रदर्शनमा आएको चलचित्रले भारतीय बक्सअफिसमा मात्रै चार दिनमा ७८ करोडको व्यापार गरेको हो ।पहिलो दिन शुक्रबार १७ करोड ५६ लाखको व्यापार गरेको चलचित्रले दोस्रो दिन शनिबार २१ करोड ७८ लाख, तेस्रो दिन आइतबार २५ करोड ६५ लाख र चौथो दिन सोमबार १३ करोड ४१ लाखसहित चार दिनमा कुल ७८ करोड ४० लाखको व्यापार गरेको बलिउड व्यापार विश्लेषक तरण आदर्शले ट्वीट गरेर जानकारी दिएका छन् ।

चलचित्र ‘गुड न्यूज’मा दुई विवाहित जोडीको कथा छ । दुबै जोडी अविभावक बन्न सकेका हुँदैनन् । यसै कारण उनीहरु आईभीएफ प्रविधिको साहरा लिन्छन् । तर उनीहरुको थरका कारण आईभीएफ सेन्टरमा स्पर्मको फेरबदल हुन्छ । चलचित्र यसै कन्फ्यूजनको सेरोफेरोमा घुमेको छ । राज मेहताको निर्देशनमा बनेको चलचित्रमा अक्षय कुमार, दिलजीत दोसाँझ, करिना कपूर र कियारा आडवाणीको मुख्य अभिनय रहेको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.

You Missed