Breaking News.... EverestOnlineKhabar
June 4, 2026

घर वा कोठा भाडामा लगाउँदा परिचय खुल्ने विवरण प्रहरीलाई बुझाउनुपर्ने

Loading

२०७६ पुस १५, काठमाडौं । उपत्यकाका विभिन्न स्थानमा चिनियाँ नागरिकले महँगो रकममा घर भाडामा लिएर अवैध धन्धा चलाएको पाइएपछि गृह मन्त्रालयले घर वा कोठा भाडामा लगाउँदा भाडामा लिनेको परिचय खुल्नेसहितको विवरण नजिकैको प्रहरी कार्यालयलाई बुझाउनुपर्ने निर्णय गरेको छ ।

‘काठमाण्डौ उपत्यका लगायत देशका मुख्य मुख्य शहरी क्षेत्रहरुमा घरभाडामा लिई विभिन्न व्यक्ति तथा समूहद्वारा आपराधिक गतिविधिहरु गर्ने, चोरी, डकैति, लुटपाट, बैंकिङ कसुरजस्ता आर्थिक अपराध, साइबर अपराध, यौनजन्य क्रियाकलाप तथा विस्फोटक पदार्थहरुको भण्डारण र प्रयोग गरी विध्वंसात्मक एवं अराजक गतिविधि गर्ने गरेको पाइएको भन्दै’ गृह मन्त्रालयले त्यसरी भाडामा लिएको कोठा वा घर छाडेको जानकारीसमेत प्रहरीलाई गराउन निर्देशन दिएको छ।

‘यस प्रकारको क्रियाकलापले समग्र शान्ति सुव्यवस्थामा गम्भीर असर पार्ने भएकोले काठमाण्डौं उपत्यका लगायत देशका मुख्य मुख्य शहरी क्षेत्रहरुमा घरभाडामा दिने र लिने व्यक्ति, संस्था र कार्यालयले घरभाडामा दिंदा र लिंदा आफ्नो घरमा भाडामा बस्ने ब्यक्ति, संस्था र कार्यालयको परिचय खुल्ने कागजात सहितको विस्तृत विवरण र जानकारी एवं छाडेको विवरण र जानकारी समेत नजिकको स्थानीय प्रहरी इकाईमा अनिवार्य रुपमा दिने र स्थानीय प्रहरी इकाईले पनि अनिवार्य रुपमा लिई घरभाडामा बस्ने र छाड्नेहरुको नियमित एवं अद्यावधिक अभिलेख राख्ने” गृहमन्त्रालयले निर्णय गरेको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.

You Missed