![]()
२०७६ पुस १५, काठमाडौं । शितलहर पिडितलाई कम्बल वितरण गर्न नेकपाका वरिष्ठ नेता माधव कुमार नेपाल रौतहट पुगेका छन् । नेता नेपालले हजारौंको संख्यामा कम्बल वितरण गर्दै शितलहर प्रभावितहरुलाई थप राहत उपलब्ध गराउन स्थानीय, प्रदेश र केन्द्र सरकारसँग आग्रह गरेका छन् । कम्बल वितरण गर्न वरिष्ठ नेता नेपालको साथमा नेकपाका जिल्ला नेता तथा सांसदहरु पनि उपस्थित भएका थिए ।


