Breaking News.... EverestOnlineKhabar
August 15, 2026

बिश्वकप फुटबलमा तेस्रो स्थानका लागि इङल्याण्ड र बेल्जियमबीच भिडन्त

Loading

काठमाडौं ।  २०१८ फिफा विश्वकप फुटबल प्रतियोगिताको तेस्रो स्थानका लागि  इंग्ल्यान्ड र बेल्जियमबीच प्रतिस्पर्धा हुँदैछ। यसअघि भएको सेमिफाइनलमा बेल्जियमलाई फ्रान्सले र इंग्ल्यान्डलाई क्रोएसियाले पराजित गरेका थिए।

बेल्जियम तेस्रो स्थान हात पार्दै इतिहासकै ठूलो उपलब्धि हात पार्न चाहान्छ। यसअघि सन् १९८६ मा सेमिफाइनलमा पुगेको बेल्जियम सेमिफाइनल र तेस्रो स्थानको दुवै खेलमा पराजित भएको थियो।

युवा टिम इंग्ल्यान्डका लागि पनि तेस्रो स्थानको खेल महत्वपूर्ण छ। युवा खेलाडीलाई आगामी प्रतियोगितामा आत्मविश्वास बढाउन इंग्ल्यान्ड जितका लागि खेल्नेछ।

जारी विश्वकपमा बेल्जियम र फ्रान्स एकै समूहमा परेका थिए। सुरुवाती २ खेलमा जित हात पारेपछि दुई टिम समूह विजेताका लागि प्रतिस्पर्धा गरेका थिए। खेलमा बेल्जियमले इंग्ल्यान्डलाई १–० गोलले पराजित गरेको थियो। खेलमा दुवै टिमले पहिलो रोजाइका खेलाडीलाई आराम दिएका थिए।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.

You Missed