Breaking News.... EverestOnlineKhabar
August 14, 2026

Loading

एजेन्सी।  बलिउड अभिनेत्री प्रियंका चोपडा विश्वकै हट महिला २०१८ घोषित भएकी छन्। बेलायतबाट प्रकाशन हुने ‘म्याक्सिम’ म्यागेजिनले तयार पारेको विश्वका सय हट महिलाको सूचीमा प्रियंकालाई पहिलो नम्बरमा राखिएको छ।

सन् २००० की विश्व सुन्दरी उनी यसअघि ४ पटक हटेस्ट महिला घोषित भइसकेकी छिन्।

सेतो पहिरनमा सजिएकी प्रियंकाको तस्बिरलाई म्यागेजिनले आवरणमा छाप्दै ‘प्रियंका चोपडा दी हटेस्ट वुमन अन दी प्लानेट’ भनेर लेखेको छ।

३५ वर्षीया अभिनेत्री पछिल्लो समय अमेरिकी प्रेमी निक जोन्ससँगको प्रेम सम्बन्धका कारण चर्चामा छिन्। उनी अहिले प्रेमीको सांगीतिक कार्यक्रममा साथ दिन ब्राजिल पुगेकी छिन्।

 

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.

You Missed