Breaking News.... EverestOnlineKhabar
June 5, 2026

रियल मड्रिड र लिभरपुल च्याम्पियन्स लिगको क्वाटरफाइनलमा

Loading

एजेन्सी,फागुन ।
रियल मड्रिडले पेरिसमा पनि पेरिस सेन्ट जर्मेनलाई हराएको छ । यो जितसंगै मड्रिड च्याम्पियन्स लिगको क्वाटरफाइनलमा स्थान बनाएको छ । मंगलबार राति भएको दोस्रो लेगमा रियल मड्रिडले पीएसजीलाई २—१ ले हराएको हो । पहिलो लेग ३—१ ले जितेको लगातार दुई पटकको च्याम्पियन रियल समग्रमा ५—२ को नजिताका साथ अन्तिम ८ मा पुगेको छ । पेरिसमा भएको खेलको पहिलो हार गोलरहित बराबरीमा टुंगियो । तर, दोस्रो हाफको सुरुमा नै क्रिष्टियानो रोनाल्डोले मड्रिडलाई अग्रता दिलाए ।
६६ औं मिनेटमा घरेलु टोलीले झड्का ब्यहोर्‍यो । उसका भेराटीले रातो कार्ड पाए । तर, ७१ औं मिनेटमा इभिन्सन काभानीले गोल गरे । खेलको ८० औं मिनेटमा कासिमेरोले गोल गर्दै रियल मड्रिडलाई जित दिलाए ।
अर्को खेलमा लिभरपुलले एफसी पोर्टोसँग बराबरी गोलेको छ । तर, पहिलो लेगमा हात पारेको ५—० को जितको मदतमा च्याम्पियन्स लिगको क्वार्टरफाइनलमा स्थान बनाउन सफल भएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.

You Missed