Breaking News.... EverestOnlineKhabar
June 4, 2026

म्यानचेस्टर सिटीद्वारा चेल्सी पराजित,सिटीलाई उपाधि यात्रामा सहज

Loading

एजेन्सी,फागुन ।
इग्लिस प्रिमियर लिग अन्तर्गत गएराति भएको खेलमा लिग लिडर म्यानचेस्टर सिटीले चिरप्रतिद्धन्द्धी चेल्सीलाई एक शून्यले हराएको छ । जितसँगै सिटीले उपाधि यात्रा थप मजबुत बनाएको छ ।
घरेलु मैदान इतिहास स्टेडियममा भएको खेलमा सिटीको जितमा बेर्नार्डो सिल्भाको एकमात्र गोल निर्णायक बन्यो । करिब ५५ हजार दर्शक माझ भएको खेलको पहिलो हाफ गोलरहित बराबरी भएको थियो । तर, ४६ औं मिनेटमा चेल्सी विरुद्ध डेविड सिल्भाको पासमा बेर्नार्डोले गोल गर्दै सिटीलाई अग्रता दिलाए । त्यसपछि पनि चेल्सीले खेलमा फर्किन धरै प्रयास गरेपनि सफल हुन सकेन ।
जितसँगै म्यानचेस्टर सिटीले दोस्रो स्थानमा रहेको लिभरपुलसँगको अग्रता १८ अंकमा पुरयाएको छ । सिटीको ७८ अंक भएको छ भने लिभरपुलको ६० अंक छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.

You Missed