Breaking News.... EverestOnlineKhabar
September 28, 2026

राष्ट्रियसभामा मनोनित ३ जना सांसदको विवादःसर्वोच्चमा आज सुनुवाई हुँदै

Loading

काठमाडौ,फागुन ।
राष्ट्रियसभामा मनोनित सदस्य डा. युवराज खतिवडा, रामनारायण बिडारी र डा.विमला पौडेल राईले आज सपथ लिन पाउने या नपाउने भन्ने विषय सर्वोच्चले फैसला गर्दैछ । राष्ट्रियसभा सदस्यमा शेरबहादुर देउवा नेतृत्वको सरकारले सिफारिस गरेका तर राष्ट्रपतिबाट अनुमोदन नभएका तीन जनाले दायर गरेको रिटमा तत्कालका लागि शपथ रोक्न अन्तरिम आदेश दिएको सर्वोच्चले आजै दुवै पक्षलाई छलफलका लागि बोलाएको छ। सर्वोच्चले फागुन १३ गते अन्तरिम आदेश दिँदै उनीहरुको शपथ रोकेको थियो।
आज सर्वोच्चले अन्तरिम आदेश खारेज गरे मात्र केपी शर्मा ओली सरकारले राष्ट्रियसभामा मनोनित गरेका तीन सदस्यले सपथ लिन पाउनेछन्। राष्ट्रियसभा सदस्यको सपथ ग्रहण कार्यक्रम साँझ ५ बजे तोकिएको छ। यदि, अन्तरिम आदेश निरन्तर भएमा प्रधानमन्त्री ओलीले आफ्नो निर्णय सच्याउनुपर्ने हुन्छ।
प्रधानमन्त्री देउवाले आफू सरकारबाट बाहिने समयमा गोपाल बस्नेत, कृष्णप्रसाद पौडेल र चाँदनी जोशीलाई राष्ट्रियसभामा सिफारिस गरेका थिए। सरकारले राष्ट्रियसभाका लागि ३ जना सिफारिस गर्न पाउने संविधानको व्यवस्था अनुसार देउवाले उनीहरुको नाम अनुमोदनका लागि राष्ट्रपति विद्यादेवी भण्डारीसमक्ष पठाएका थिए। तर, राष्ट्रपति भण्डारीले उनीहरुको नाम अनुमोदन नगरी तामेलीमा राखेकी थिइन्।
सरकार परिवर्तन भए लगत्तै ओली सरकारले उनीहरुको नाम फिर्ता लिएको थियो। लगत्तै उक्त स्थानमा युवराज खतिवडा, रामनारायण बिडारी र विमला पौडेल राईलाई सिफारिस गरेको थियो। त्यही सिफारिसलाई राष्ट्रपति भण्डारीले अनुमोदन गरिदिएकी थिइन्।
उक्त सिफारिसको कांग्रेसले पत्रकार सम्मेलन गर्दै विरोध जनाएको थियो। सरकारको निर्णयलाई चुनौती दिँदै देउवा सरकारले सिफारिस गरेका सदस्यहरु सर्वोच्च पुगेका थिए। उनीहरुको रिटमा पहिलो सुनुवाई गर्दै न्यायाधीश प्रकाशमानसिंह राउतको एकल इजलाशले सपथ नगराउन अन्तरिम आदेश दिएको थियो।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.

You Missed