Breaking News.... EverestOnlineKhabar
September 28, 2026

नेपालको भावी राष्ट्रपतिःबरिष्ठ नेता खनालको पक्षमा पल्टियो पासा,अध्यक्ष ओली रक्षात्मक

Loading

काठमाडौ,फागुन ।
एमाले बरिष्ठ नेता एंव पूर्वप्रधानमन्त्री झलनाथ खनालको पक्षमा पासा पल्टिएको छ । राष्ट्रपति बन्नको लागि पछिल्लो समय वरिष्ठ नेता खनालको पक्षमा पुरै माहोल अनुकुल भएको छ । एमाले अध्यक्ष केपी ओली वर्तमान राष्ट्रपति विद्यादेवी भण्डारीलाई नै राष्ट्रपतिमा दोहो¥याउने अडानमा टसमस थिए । तर,पार्टीभित्र र निर्णायक सरोकारवाला तहमा भने बरिष्ठ नेता खनालको पक्षमा राष्ट्रपति बन्न माहोल सृजना भएको छ । बरिष्ठ नेता झलनाथ खनाललाई राष्ट्रपति बनाउन एमाले नेताद्धय माधवकुमार नेपाल र बामदेव गौतमबीच सहमति मात्र भएको छैन उनीहरुबीच राष्ट्रपतिमा खनाललाई अघि सार्नेगरि कम्मर कसेर लाग्ने समेत सहमति भएको छ ।
त्यसो त एमालेभित्र उपाध्यक्ष वामदेव गौतम निर्णायक मानिन्छन् ।

एमालेको बुटबल महाधिवेशन होस् या काठमाडौमा सम्पन्न महाधिवेशन होस् अध्यक्षमा निर्वाचित गराउन गौतम नै निर्णायक भएका थिए । बुटबल महाधिवेशनमा झलनाथ खनाललाई अध्यक्षमा जिताउन वामदेव गौतम पक्षधर निर्णायक बनेको थियो भने काठमाडौ महाधिवेशनबाट अध्यक्षमा निर्वाचित भएका वर्तमान पार्टी अध्यक्ष ओलीलाई निर्वाचित गराउन पनि गौतम नै निर्णायक भएका थिए । गौतम मात्र नभई अहिले एमालेभित्र बरिष्ठ नेता खनाललाई राष्ट्रपति बनाउनुपर्ने भन्दै उपाध्यक्ष अष्टलक्ष्मी शाक्य,अनुशासन कमिटीका संयोजक अमृतकुमार बोहरा,उपमहासचिव घनश्याम भूसाल,सचिव गोकर्ण बिष्ट,सचिव भिम आचार्य,प्रभावशाली युवा नेता रामकुमारी झाक्री लगायतका अन्य प्रभावशाली नेताहरु कम्मर कसेर लागिपरेका छन् ।
त्यसो त दुई पार्टी एकताको प्रक्रियामा रहेका वेला माओवादी केन्द्रभित्रका अधिकांश प्रभावशाली नेताहरु समेत झलनाथ खनाललाई राष्ट्रपति बनाउनुपर्नेमा जोड दिईरहेका छन् । अध्यक्ष पुष्पकमल दाहाल पनि झलनाथ खनालसंग धेरै अघि देखि निकट सम्बन्धमा छन् । २०६७ सालमा माओवादी केन्द्रकै समर्थनमा तत्कालिन एमाले अध्यक्ष झलनाथ खनाल मुलुकको प्रधानमन्त्री बन्नुभएको थियो । नेपालको राजनीतिमा खनाल र माओवादी केन्द्रका अध्यक्ष प्रचण्डबीचको सम्बन्ध जहिले पनि सुमधुर रहेको छ ।
राष्ट्रपति बन्नको लागि एमाले बरिष्ठ नेता झलनाथ खनालको पक्षमा चौतर्फी माहोल सृजना भएपछि वर्तमान राष्ट्रपति विद्यादेवी भण्डारीलाई नै दोहोर्याउने मनशायमा रहेका वर्तमान प्रधानमन्त्री समेत रहेका एमाले अध्यक्ष केपी शर्मा ओली भने यतिवेला तनाबमा रहेका छन् ।
ओली र माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहालबीच वर्तमान राष्ट्रपति भण्डारीलाई नै दोहोर्याउने सहमति भएको दावी गरिएपनि माओवादी केन्द्रका अध्यक्ष दाहालले यस वारे सार्वजनिक खुलासा गरेका छैनन् । बरिष्ठ नेता खनाललाई राष्ट्रपति बन्नबाट रोक्नका लागि अध्यक्ष ओली कम्मर कसेर लागेपनि पछिल्लो समय विकसित राजनीतिक घटनाक्रम र माहोलले ओलीको प्रयास निष्प्रभावी हुने देखिएको छ ।
माओवादीसँगको भागबण्डा अनुसार एमालेको भागमा राष्ट्रपति परेकोले पूरानोलाई नभएर नयाँलाई राष्ट्रपति बनाउनुपर्ने पक्षमा खनाल, नेपाल र गौतम उभिएपछि माहोल पुरै परिर्वतन भएको हो । नेपाल पक्षधरले नेता खनाललाई नै राष्ट्रपति बनाउने भन्दै भित्री रुपमा लविङ शुरु गरिसकेका छन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.

You Missed