![]()
एजेन्सी । म्यासेजिङ एप भाइबरले अहिलेसम्मकै ठूलो ग्रुप च्याट भाइबर कम्युनिटी घोषणा गरेको छ । भाइबर कम्युनिटी च्याट ग्रुपमा एक अर्ब जना सदस्य सीमा तोकिएको छ ।
यो ग्रुपमा रहने सदस्यले कमेन्ट र प्रतिक्रियामार्फत अन्तर्क्िरया गर्न सक्नेछन् । त्यस्तै ग्रुपको एडमिनले इकमर्स कम्पनी राकुटेनसँग मिलेर स्ट्रिमलाई मनिटाइज गर्नसमेत सक्नेछ ।
अहिले भाइबरको ध्यान भाइबर कम्युनिटीमा कति मानिसहरु आवद्ध हुन सक्छन् भन्नेतिर छ । हालसम्म भाइबर कम्युनिटीमा एक अर्बभन्दा बढी जोडिएका छन् ।
भाइबरले नयाँ फिचर मार्फत अरु म्यासेजिङ एपभन्दा बढी चर्चा कमाएपछि यसमा धेरै युजरहरु सक्रिय रहने र अरु नयाँ प्रयोगकर्ता पनि थपिने अनुमान गरेको छ ।


