Breaking News.... EverestOnlineKhabar
June 4, 2026

Loading

काठमाडौं । प्रा. डा. गोविन्द केसीले फागुन २९ गतेदेखि पुनः अनसन बस्ने घोषणा गरेका छन । प्रधानन्यायाधीश गोपाल पराजुलीलाई महाअभियोग लगाउन माग गर्दै अनशन बस्न लागेको उनले बताएका छन ।

डा. केसीले प्रधानन्यायाधीश महाअभियोग लगाउनुपर्ने मागसहित चिकित्सा शिक्षासम्वन्धी न्यायिक जाँचबुझ आयोगले दोषी ठहर गरेकालाई कारबाही गर्न पनि माग गरेका छन ।

डा. केसीले शनिबार विज्ञप्ति जारी गर्दै भनेका छन, ‘अब न्यायालयको छवि थप धमिलिन र न्याय सम्पादनमा थप भ्रष्टाचार संस्थागत भएर निरपेक्ष दण्डहीनता आउने अवस्था रोक्नका लागि लगत्तै बस्ने संसदले उनीमाथि महाभियोग लगाएर हटाउनुको विकल्प छैन ।’

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.

You Missed