Breaking News.... EverestOnlineKhabar
September 28, 2026

स्पेनिस ला लिगामा एथलेटिको म्याड्रिडद्वारा लेगानलेस पराजित

Loading

एजेन्सी ।एन्टोनी ग्रिजम्यान एक्लैले चार गोल गरेपछि स्पेपनिस ला लिगामा एथलेटिको म्याड्रिडले लेगानलेसलाई ४–० ले हराएको छ।

लगातार आठौं जितसँगै बार्सिलोनामाथी उसको दवाब कायमै छ। एन्टोनी ग्रिजम्यानको ला लिगामा यो लगातार दोस्रो ह्याट्रिक हो। ला लिगा अन्तर्गत नै यसै साता सेभियाविरुद्धको खेलमा एथलेटिकोले ५–३ को जित निकाल्दा पनि एथलेटिकोले ह्याट्रिक गरेका थिए।

आइतबार बार्सिलोनाको घरेलु मैदान नउक्याम्मपमा हुने एथलेटिको र बार्सिलोनको खेलले उपाधि होडमा एथलेटिको म्याड्रिडको स्थान लगभग तय गर्ने छ।

एथलेटिको २६ खेलबाट ६१ अंक सहित दोस्रो स्थानमा छ भने एक खेल कम खेलेको बार्सिलोनाको ६५ अंक छ। रियल भने २६ खेलबाट ५१ अंक सहित तेस्रो स्थानमा छ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.

You Missed