![]()
एजेन्सी । बेलायती प्रोफेस्नल बक्सर स्कट वेष्टग्राथको ३१ वर्षको उमेरमा निधन भएको छ। खेलमा जित निकालेको केही समयपछिनै बेहोस बनेका उनको उपचारका क्रममा निधन भएको हो।
लाइट हेभिवेट फाइटको इलिमिनेटर राउन्ड जितेको केही घन्टापछि उनको उपचारका क्रममा निधन भएको बेलायती सञ्चारमाध्यामहरूले जनाएका छन्। खेल सकिएलगत्तै सञ्चारमाध्यमसँगको कुराकानी पछि स्टक ब्याकस्टेजमा बेहोस भएर लडेका थिए । उनलाई तत्कालै अस्पताल लगिएको थियो। तर, उपचारका क्रममा उनको निधन भएको ब्रिटिस बक्सिङ संघले जनाएको छ।
स्कटको निधनपछि यतिवेला बेलायती बक्सिङ खेलाडी आश्चार्यमा परेका छन् भने ब्रिटिस बक्सिङ संघले खेलाडीको सुरक्षाका लागि नयाँ नियम बनाउनुपर्ने माग विश्व बक्सिङ महासंघलाई राखेको छ ।
इलिमिनेटर फाइट जितेपछि स्कटले अर्को राउन्डमा कुर्टिस उडहाउससँग खेल्ने तालिका थियो तर त्यो पनि रद्द भएको छ।


