Breaking News.... EverestOnlineKhabar
June 26, 2026

Loading

एजेन्सी । बलिउड अभिनेत्री श्रीदेवीको ५४ बर्षको उमेरमा निधन भएपछि बलिउड शोकमग्न भएको छ ।

आफ्नो भतिजको विवाहमा सहभागी हुन दुबई पुगेकी श्रीदेवीको हृदयाघातका कारण निधन भएपछि बलिउड फिल्म नगरीदेखि संसारभर रहेका उनका फ्यान दुःखी भएका छन । संसारभर छरिएका उनका फ्यानहरुले समाजिक संजालमा उनको फोटो पोष्ट गर्दै हार्दिक श्रद्धाञ्जली व्य्क्त गरेका छन । नेपालमा पनि नायिक श्रीदेवीको निधनमा ठूलो दुःख व्यक्त गरिएको छ ।

श्रीदेवीको जन्म १३ अगष्ट १९६३ मा भएको थियो । उनले पहिलोपटक कन्धन करुणईमा अभिनय गरेकी थिइन् । ८० को दशकलाई भारतीय फिल्ममा श्रीदेवीको दशक मानिन्छ । उनले हिम्मतवाला, तोहफा, मिष्टर इन्डिया, नागीना लगायतका फिल्ममा अभिनय गरेकी थिइन् । उनको सदमा, चालबाज, लम्हे चाँदनी सिनेमा निकै चर्चित रहे ।

कूल ३०० भन्दाबढी सिनेमा खेलेकी यी नायिकाले ७१ हिन्दी सिनेमा खेलिन् । तमिल, मलयालम तथा कन्नड सिनेमा खेलेकी देवीको हिम्मतवाला पहिलो चर्चित हिन्दी सिनेमा थियो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.

You Missed