Breaking News.... EverestOnlineKhabar
June 26, 2026

बिश्वकप छनोट खेल्न जाने क्रिकेट टोलीको प्रधानमन्त्रीद्वारा बिदाई

Loading

काठमाडौं । जिम्बाब्वेमा आइसीसी एक दिवसीय विश्वकप छनोट क्रिकेट प्रतियोगिता खेल्न जान लागेको नेपाली राष्ट्रिय टोलीलाई प्रधानमन्त्री केपी शर्मा ओलीले बिदाइ गरेका छन् ।

प्रधानमन्त्री निवास बालुवाटारमा एक कार्यक्रम गर्दै प्रधानमन्त्री ओलीले टोलीको बिदाइ गरेका हुन् । अघिल्लो साता नामिबियामा सम्पन्न आइसीसी विश्व क्रिकेट लिग डिभिजन–२ क्रिकेट प्रतियोगिताको उपविजेता बन्दै नेपाली टोलीले विश्वकप छनोट प्रतियोगितामा स्थान बनाएको हो ।

आयोजित बिदाइ कार्यक्रममा खेलाडीलाई सरकारले घोषणा गरेको जनही ३ लाख रुपैयाँ पनि प्रदान गरिएको छ । डिभिजन–२ को उपविजेता बनेर फर्किएको टोलीलाई केही दिनअघि प्रधानमन्त्री ओलीले सरकारको तर्फबाट सम्मान गर्दै जनही ३ लाख रुपैयाँ दिने घोषणा गरेका थिए । यस्तै, मदन भण्डारी एकेडेमीले पनि खेलाडीहरुलाई जनही १ लाख रुपैयाँ प्रदान गरेको छ ।

टेस्ट खेल्ने ४ राष्ट्रसहित कुल १० राष्ट्रले प्रतिस्पर्धा गर्ने विश्वकप छनोट प्रतियोगिताबाट शीर्ष २ टोलीले आगामी वर्ष इंग्ल्यान्डमा हुने विश्वकप क्रिकेटमा स्थान बनाउनेछन् ।

आयोजक जिम्बाब्वे, अफगानिस्तान, स्कटल्यान्ड र हङकङसँगै नेपाल प्रतियोगिताको समूह ‘बी’मा रहेको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.