![]()
काठमाडौं । प्रधानमन्त्री केपी ओलीले विश्वकप छनोट खेलमा पुगेको नेपाली क्रिकेट टोलीका सदस्यलाई जनही ३ लाख दिने घोषणा गर्नुभएको छ ।
क्रिकेट टोलीका लागि प्रधानमन्त्री निवास बालुवाटारमा आयोजित सम्मान कार्यक्रममा बोल्दै उहाँले खेलाडी र प्रशिक्षकलाई ३ र ३ लाख दिने घोषणा गर्नुभयो । खेलाडीहरुलाई मदन भण्डारी स्पोर्टस् एकेडेमीले पनि १ र १ लाख रुयैयाँ दिने भएको छ ।
नामिवियामा भर्खरै सम्पन्न विश्व क्रिकेट लिग डिभिजन २ को उपविजेता बन्दै विश्वकप छनोटमा नेपाल पर्न सफल भएको थियो ।


