![]()
एजेन्सी,फागुन ।
तिब्बतस्थित बौद्ध धर्मावलम्बीहरुको सबैभन्दा पवित्र मन्दिर मध्येको एक मानिने जोखांग मन्दिरमा भीषण आगलागी भएको छ । यूनेस्कोले विश्वसम्पदामा सूचीकृत गरेको राजधानी लहासामा रहेको १३ सय वर्ष पूरानो मन्दिरमा भीषण आगलागी भएको हो ।
चीनको सरकारी सञ्चार माध्यम सिन्ह्वाले आगलागीबाट कुनै प्रकारको हताहती भएको सूचना प्राप्त नभएको जनाएको छ । यद्यपि आगलागीबाट मन्दिरमा भएको क्षतिका बारेमा पनि केही खुलाइएको छैन् ।
चीनको सरकारी अखबार चाइना डेलीले विस्तृत जानकारी उल्लेख नगरेरै दमकलकर्मीले आगोलाई नियन्त्रणमा लिएको र सम्पूर्ण धार्मिक प्रतीकहरु सुरक्षित रहेको खबर प्रकाशित गरेको छ ।


