Breaking News.... EverestOnlineKhabar
August 9, 2026

गिरफ्तार भएका रुसका विपक्षी नेता रिहा…..

Loading

मास्को,माघ ।
रुसका प्रमुख विपक्षी नेता एलेक्सी नाभाल्नी राष्ट्रपति चुनावको बहिस्कार गर्न प्रदर्शन गर्दैगर्दा आइतबार गिरफ्तार भएका थिए । आइतबार मोस्कोमा पक्राउ परेका उनी आजै रिहा भइसकेका छन् । अदालतको अर्को सुनुवाइसम्मका लागि उनी रिहा भएको बताउँदै उनले आफ्ना समर्थक र सहयोगीलाई धन्यवाद व्यक्त गरेको बताइएको छ । नवाल्नीका वकिलले बताएअनुसार अहिलेका लागि उनीमाथि कुनै अभियोग नरहेको भएपनि केही दिनपछि भने उनलाई अदालतमा उपस्थित हुन लगाइएको छ जसबेला उनीमाथि आरोप र सजाय तय गरिन सक्ने बताइएको छ । रुसी सुरक्षाकर्मीका अनुसार उनले अवैधानिक रुपमा विरोधको कार्यक्रम आयोजना गरेको आरोपमा उनलाई १ महिनाको जेल सजाय हुन सक्नेछ ।
लामो समयदेखि रसी राष्ट्रपति पुटिनका सबैभन्दा प्रमुख आलोचकका रुपमा रहेका एलेक्सीले आगामी मार्च १८ मा हुने राष्ट्रपति चुनावको विरोध गर्दै देशभरका विभिन्न स्थानमा प्रदर्शनका कार्यक्रमहरु आयोजना गराएका हुन् । यसै क्रममा रुसका विभिन्न स्थानमा ¥याली निकालिएपनि मस्काउ र सेन्ट पिटर्सवर्गको प्रशासनले भने यसका लागि स्वीकृति दिएको थिएन । अन्तर्राष्ट्रिय सञ्चार माध्यमले बताएअनुसार देशभरबाट अहिलेसम्म १८० भन्दा बढी प्रदर्शनकारीहरु पक्राउ परिसकेका छन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.

You Missed