Breaking News.... EverestOnlineKhabar
June 24, 2026

नयाँ दिल्लीमा हुस्सुका कारण हवाई र रेलसेवा अवरुद्ध

Loading

एजेन्सी । भारतको नयाँ दिल्लीमा बाक्लो हुस्सुका कारण हवाई र रेलसेवा अवरुद्ध भएको छ । नयाँ दिल्ली र यस वरपरका स्थानमा बाक्लो हुस्सुको मात्रा नघटेको र झन बढ्दै गएपछि विमान र रेलसेवा अवरुद्ध हुन पुगेको हो ।

गत हप्तादेखि नै नयाँ दिल्लीमा हुस्सु लागेको थियो । हुस्सुको मात्रा झन बढेको छ । नयाँ दिल्लीको इन्दिरा गान्धी अन्तर्राष्ट्रिय विमानस्थलमा सोमबार बिहान भर्नुपर्ने १२ वटा उडान अवरुद्ध भएका छन् । इन्दिरा गान्धी विमानस्थलमा अवतरण हुनुपर्ने र र उड्नुपर्ने विमानहरु उड्न नसकेको बताइएको छ ।

सोमबार बिहान उक्त विमानस्थलकमा पाँच वटा आन्तरिक र सात वटा अन्तर्राष्ट्रिय उडानहरु अवरुद्ध भएको भारतीय अधिकारीहरुले जानकारी दिएका छन् । बाक्लो हुस्सुको कारण रेलसेवा पनि अवरुद्ध भएको छ । बाटो नदेखिनेगरी लागेको हुस्सुले गर्दा नयाँ दिल्लीको रेलसेवा पनि अवरुद्ध भएको छ ।

नयाँ दिल्ली रेलवे स्टेसन र पुरानो दिल्ली रेलवे स्टेसनका करिब ९० वटा रेलसेवा सोमबार बिहानमा मात्र अवरुद्ध भएको बताइएको छ ।
नयाँ दिल्लीका कैयौँ स्थानमा वायु प्रदुषणको मात्रा बढ्दै गएको अधिकारीहरुले जनाएका छन् । यहाँको तापक्रम र हुस्सुको मात्रा दुवै घट्ने मौसम विज्ञान विभागले जनाएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.

You Missed