Breaking News.... EverestOnlineKhabar
August 8, 2026

पुलिस र सुदूरपश्चिमाञ्चलको शानदार जित

Loading

काठमाडौ,पुस ।
राष्ट्रिय खेलकुद परिषद् च्याम्पिनसिपअन्तर्गत १६ औं राष्ट्रिय महिला लिग फुटबलको उद्घाटन खेलमा विभागीय टिम नेपाल पुलिसले शानदार जित हात पारेको छ । ललितपुरको एन्फा कम्प्लेक्समा आइतबार भएको खेलमा पुलिसले मध्यमाञ्चललाई ६–२ गोलअन्तरले पराजित गरेको हो ।पुलिसको जितमा निर्मला विकले ह्याट्रिकसहित ४ गोल गरिन् । उनको ह्याट्रिक गोलमा पुलिसले फराकिलो अन्तरले जित हात पारेको हो । एकपक्षीय खेलमा पुलिसका लागि ११ औं मिनेटमा नै निर्मलाले गोल गर्दै सुरुवाती अग्रता दिलाएका थिइन् । त्यसको २ मिनेटपछि नै अर्को गोल गर्दै निर्मलाले दोब्बरको अग्रता दिलाएकी थिइन् । खेलको १९ औं मिनेटमा अमृता जैसीले गोल गर्दै अग्रता तेब्बर पारेकी थिइन् ।
खेलको २६ औं मिनेटमा मध्यमाञ्चलका लागि सविता रानामगरले गोल गर्दै ३–१ मा पु्र्याएकी थिइन् । ३–१ गोलले अघि रहेको पुलिसका लागि खेलको ३६ औं मिनेटमा निर्मलाले व्यक्तिगत तेस्रो गोल गर्दै ह्याट्रिक पूरा गरेकी हुन् । पहिलो हाफमा ४–१ गोलले पछि परेको मध्यमाञ्चलले दोस्रो हाफमा २ गोल खाँदा एक गोल फर्काउन सफल भयो । खेलको ४९ औं मिनेटमा निर्मलाले गोल गर्दै पुलिसलाई ५–१ को स्थितिमा पुर्याएका थिइन् । पुलिसकी कप्तान घिमकुमारी गुरूङले ७२ औं मिनेटमा पेनाल्टीबाट गोल गर्दै ६–१ को स्थितिमा पुर्याएकी थिइन् । खेलको ७९ औं मिनेटमा मिथिला कुस्वारले गोल गरेपनि मध्यमाञ्चललाई हारबाट टार्न सकिनन् ।
आइतबार नै भएको अर्को खेलमा सुदूरपश्चिमाञ्चलले पूर्वाञ्चललाई ४–० गोलअन्तरले पराजित गरेको छ । सुदूरपश्चिमाञ्चलका लागि चन्द्र भण्डारी र सिर्खा कार्कीले समान २–२ गोल गरिन् । पहिलो हाफमा २ गोल गरेको सुदूरपश्चिमाञ्चलले दोस्रो हाफमा पनि थप २ गोल गर्न सफल भयो ।
प्रतियोगिताअन्तर्गत सोमबार विभागीय टिम त्रिभुवन आर्मीले पश्चिमाञ्चलसँग र एपीएफले मध्यमश्चिमाञ्चलसँग खेल्दैछन् । विजेता टिमले २ लाख नगदसहित ट्रफी पाउनेछ । त्यस्तै, उपविजेता र तेस्रोले समान १ लाख नगद पाउनेछ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.

You Missed