Breaking News.... EverestOnlineKhabar
August 8, 2026

म्यानचेस्टर सिटीको विजयी यात्रामा पूर्वविराम

Loading

एजेन्सी,पुस ।
इंग्लिस प्रिमियर लिग लिडर म्यानचेस्टर सिटीको कीर्तिमानी विजयी यात्रा टुंगिएको छ । प्रिमियर लिगमा लगातार १८ खेल जितेर एकै सिजन र समग्र प्रिमियर लिगको इतिहासमा लगातार सबैभन्दा धेरै खेल जित्ने कीर्तिमान बनाएको पेप गार्डिवलाको टिम म्यानचेस्टर सिटी आइतबार राति भएको खेलमा क्रिष्टल प्यालेससँग गोलरहित बराबरी रोकियो । यो सिजनको २१ खेलसम्म आइपुग्दा समग्रमा १९ खेल जितेको छ भने दुई खेलमा बराबरी गरेको छ ।
पछिल्लो पटक गएको अगस्ट २१ मा भएको खेलमा म्यानचेस्टर सिटी एभर्टनसँग १–१ को बराबरी रोकिएको थियो । त्यसपछि लगातार १८ खेलमा विजयी भएको सिटी आइतबार राति अवे मैदानमा भएको खेलमा जित निकाल्नबाट चुक्यो ।
रेलिगेशन जोनबाट माथि रहेको क्रिष्टल प्यालेसले स्टार खेलाडीले भरिएको म्यानचेस्टर सिटीलाई गोल गर्न दिएन । खेलको अधिकांश समय बलमा नियन्त्रण बनाएर पनि सिटीले गोल भने गर्न सकेन ।
क्रिष्टल प्यालेसका लुका मिलिवोजेविकले अन्तिम मिनेटमा पाएको पेनाल्टीमा गोल गर्न सकेनन् र म्यानचेस्टर सिटी हारबाट जोगियो । क्रिष्टल प्यालेससँगको बराबरीपछि लिडर सिटीको २१ खेलबाट ५९ अंक भएको छ । उ दोस्रो स्थानको चेल्सी भन्दा १४ तथा तेस्रो स्थानको म्यानचेस्टर युनाइटेड भन्दा १५ अंकले अघि रहेको छ ।
खेलपछि प्रशिक्षक गार्डिवलाले आफ्नो टिम पूरै सिजनमा अपराजित रहने सम्भावना कम रहेको बताएका छन् । सिटीले यो सिजन लिगमा अहिलेसम्म कुनै पनि खेल हारेको छैन । तर आइतबार रातिको खेलपछि सिटी सिजनभर अपराजित रहने सम्भावना नदेखेको गार्डिवलाले बताए । आर्सेन वेङ्गरको टिम आर्सनल सन् २००३–४ को सिजनमा अपराजित रहेको थियो । तर आफ्नो क्लबले त्यो सफलता हात पार्ने सम्भावना नदेखेको गार्डिवलाले बताए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.

You Missed