Breaking News.... EverestOnlineKhabar
June 24, 2026

कोलोराडोमा गोली प्रहारबाट एक प्रहरीको मृत्यु, चार जना घाइते

Loading

एजेन्सी,पुस ।
अमेरिकाको कोलोराडोमा सुरक्षाकर्मीलाई लक्षित गर्दै गरिएको गोली प्रहारमा एक प्रहरीको मृत्यु भएको छ । गोली लागेर अरु चार जना घाइते भएका छन् । डेनवरको दक्षिणी क्षेत्र हाइल्याण्डस् रान्चस्थित अपार्टमेन्टमा धन्धाधुन्ध गोली प्रहार भएको हो ।
घटनामा दुईजना सर्वसाधारण पनि घाइते भएको स्थानीय अधिकारीले जनाएका छन् । अपार्टमेन्टमा दुई पुरुष रुममेटबीच झगडा भएको थाहा पाएपछि छिमेकीले प्रहरीलाई खबर गरेका थिए । त्यसपछि प्रहरी आएको र घटनाले गोलीकाण्डको रुप लिएको हो । प्रहरीलाई लक्षित गरी अपार्टमेन्टमा बस्ने आक्रमणकारीले अन्धाधुन्ध गोली चलाएका थिए ।
प्रहरीले गरेको कारबाहीमा आक्रमणकारीको पनि मृत्यु भएको छ । अमेरिकामा गोलीकाण्डमा ज्यान गुमाउनेको संख्या बढ्दै गएको छ । सन् २०१७ मा मात्रै अमेरिकामा बन्दुककै कारण १५ हजार मानिसको मृत्यु भएको छ । यस्तै अमेरिकामा विभिन्न हतियार प्रयोग गरेर २२ हजार जनाले आत्महत्या गरेका छन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.

You Missed