Breaking News.... EverestOnlineKhabar
August 14, 2026

अरुण तेस्रो र माथिल्लो कर्णाली जलबिद्युत आयोजनामा लगानी जुटाउन भारतीय कम्पनीलाई ६ महिना समय थप

Loading

काठमाडौं । सरकारले अरुण तेस्रो जलविद्युत आयोजना र माथिल्लो कर्णाली जलविद्युत आयोजनाको लगानी जुटाउन भारतीय कम्पनीलाई ६ महिनाको समय थप गरेको छ ।

प्रधानमन्त्री शेरबहादुर देउवाको अध्यक्षतामा बसेको लगानी बोर्डको बैठकले २ ठूला जलविद्युत आयोजनाको लगानी जुटाउन समय थपेको हो । ९ सय मेघावाट क्षमताको अरुण तेस्रो जलविद्युत आयोजना र ९ सय मेघावाट क्षमताकै माथिल्लो कर्णाली जलविद्युत आयोजनाको लगानी जुटाउने जिम्मा सरकारले भारतीय कम्पनीलाई दिएको थियो ।

लगानी बोर्डले काठमाडौं उपत्यका भित्र मेट्रो रेल निर्माणका लागि आवश्यक पूर्वाधारको विस्तृत अध्ययन गर्न राष्ट्रिय योजना आयोगको पूर्वाधार विभागलाई निर्देशन पनि दिएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.

You Missed