Breaking News.... EverestOnlineKhabar
April 20, 2026

प्रधानमन्त्री निर्वाचित भएपछि के भने देउवाले……….?

Loading

काठमाडौ,२४ जेठ ।
माओवादी केद्रसँग एक वर्षदेखि जारी रहेको सत्ता गठबन्धनलाई निरन्तरता दिँदै नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा मंगलबार मुलुकको प्रधानमन्त्रीमा चुनिएका छन् । कांग्रेस र माओवादीबीच एक वर्षअघि पुष्पकमल दाहाल प्रचण्डको सत्तारोहणकै बेला आलोपालो रुपमा सत्ताको नेतृत्व गर्ने सहमति भएको थियो ।
प्रधानमन्त्रीमा चयन भएपछि देउवाले चौथोपटक आफ्नो यो कार्यकालमा कम बोलेर बढी काम गर्ने बताए । आरोप–प्रत्यारोप र तिक्तताबीच सत्ता हस्तान्तरण हुने गरेको नेपाली राजनीतिमा मंगलबार कामचलाउ प्रधानमन्त्री दाहालकै प्रस्तावमा देउवा मुलुकको ४० औं प्रधानमन्त्री चुनिएका हुन ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.

You Missed