Breaking News.... EverestOnlineKhabar
April 20, 2026

गलत हल्लाले म्यादी प्रहरी आन्दोलित….

Loading

ललितपुर,२४ जेठ ।
थोरै तलब पाएको भन्दै ललितपुरका म्यादी प्रहरीले नाराबाजी गरेका छन् । प्रहरीले गलत हल्लाको पछि लागेर आचरणविपरीतको काम गरेको भन्दै उनीहरुमाथि कारबाही गरिने जनाएको छ । ‘गलत हल्लाकै भरमा उनीहरुले आन्दोलन गर्न खोजेका रहेछन्,’ महानगरीय प्रहरी आयुक्त डिआइजी बमबहादुर भण्डारीले भनेः‘गलत समाचारको पछि लागेर उनीहरुले तलब बुझ्न नमानेका रहेछन् ।’
ललितपुर प्रहरीले म्यादी प्रहरीलाई ५५ दिनको तलबभक्ता प्रतिव्यक्ति ५४ हजार दुई सय ९४ रुपैयाँ वितरण सुरु गरेको थियो । तर, केही म्यादीहरुले त्योभन्दा धेरै तलब पाउनुपर्ने भन्दै मंगलबार नाराजुलुस गरेका थिए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.

You Missed