Breaking News.... EverestOnlineKhabar
April 19, 2026

आइपिएल क्रिकेटः पूणे चौथो स्थानमा……

Loading

पूणे,१९ बैशाख ।
दशौं आइपिएलका महंगा खेलाडी बेन स्टोक्सको शतकीय इनिङका कारण गुजरात लायन्सलाई ५ विकेटले पराजित गर्दै राइजिङ पूणे सुपरजायन्ट्सले चौथो स्थानमा आफ्नो उपस्थितिलाई बलियो बनाएको छ। पूणेले सुरुमा १० रनको स्थितिमा आफ्नो महत्वपूर्ण ३ विकेट गुमाइसकेको थियो। यस्तो अवस्थामा क्रिजमा प्रवेश गरेका स्टोक्सले ६३ बलमा ७ चौका र ६ छक्काको सहयोगले १ सय ३ रनको उत्कृष्ट ब्याटिङ खेलेपछि पूणे खेलमा फर्कियो।
स्टोक्सले महेन्द्रसिंह धोनी (२६) सँग मिलेर पाँचौं विकेटका लागि ७६ र डेनियल क्रिस्टियन (१७) सँग मिलेर छैटौं विकेटका लागि अविजित ४९ रनको साझेदारी गरेपछि पूणे १९ दशमलव ५ ओभरमा १ सय ६७ रनको लक्ष्यसम्म पुगेको थियो।
गुजरातका लागि वासिल थम्पीले ३५ र प्रदीप साङ्वानले ३८ रन खर्चेर २–२ विकेट लिए पनि आफ्नो टोलीलाई जित दिलाउन सकेनन्।
यसअघि इमरान ताहिरले २७ रन खर्चेर ३ तथा जयदेव उनादकटले २९ रन खर्चेर ३ विकेट लिएपछि पूणेले गुजरातलाई १९ दशमलव ५ ओभरमा १ सय ६१ रनमा खुम्च्याएको थियो। गुजरातका लागि ब्रेन्डन म्याकुलम (४५) र इशान किशन (३१) ले उत्कृष्ट सुरुवात दिलाएका थिए। तर, त्यो लामो समय टिकेन्।
गुजरातको अन्तिम ८ विकेट ६७ रन जोड्ने क्रममा गुमेको थियो। गुजरातले अन्तिम ७ ओभरमा ४० रन मात्र जोड्न सफल भयो। म्याकुलम र किशनबाहेक दीनेश कार्तिकले २९ रन बनाए। जितसँगै पूणेको १० खेलबाट १२ अंक भएको छ। गुजरातको भने १० खेलबाट ६ अंक मात्र छ र ऊ लगभग प्लेअफबाट बाहिर भइसकेको छ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.

You Missed