![]()
एजेन्सी । विश्वका सबैभन्दा शक्तिशाली सुपर कम्प्युटरको दौडमा चीन तेश्रो स्थानमा धकेलिएको छ । अर्धवार्षिक रुपमा प्रकाशित हुने विश्वका शक्तिशाली ५ सय सुपर कम्प्युटरको सूचिमा चिनिया सुपर कम्प्युटर तेश्रो स्थानमा झरेको हो । विश्वको सबैभन्दा शक्तिशाली सुपर कम्प्युटरको पहिलो र दोश्रो स्थानमा अमेरिकी सुपर कम्प्युटर पर्न सफल भएका छन् ।
टप टेन शक्तिशाली सुपर कम्प्युटरमा अमेरिकाका पाँचवटा सुपर कम्प्युटर रहेका छन् । त्यस्तै टपटेनमध्ये स्विजरल्याण्ड,जर्मनी र जापानका एक एक सुपर कम्प्युटर परेका छन् । सबैभन्दा शक्तिशाली ५ सय सुपर कम्प्युटरको संख्यामा भने चीन पहिलो स्थानमा रहेको छ । यो सूचिमा चीनका २ सय २७ वटा कम्प्युटर परेका छन् भने अमेरिकाका १ सय ९ वटा ।


