Breaking News.... EverestOnlineKhabar
May 1, 2026

Loading

एजेन्सी । विश्वका सबैभन्दा शक्तिशाली सुपर कम्प्युटरको दौडमा चीन तेश्रो स्थानमा धकेलिएको छ । अर्धवार्षिक रुपमा प्रकाशित हुने विश्वका शक्तिशाली ५ सय सुपर कम्प्युटरको सूचिमा चिनिया सुपर कम्प्युटर तेश्रो स्थानमा झरेको हो । विश्वको सबैभन्दा शक्तिशाली सुपर कम्प्युटरको पहिलो र दोश्रो स्थानमा अमेरिकी सुपर कम्प्युटर पर्न सफल भएका छन् ।

अमेरिकी सुपर कम्प्युटर समिट विश्वको सबैभन्दा शक्तिशाली सुपर कम्प्युटर बनेको छ भने सिरा दोश्रो स्थानमा छ ।

टप टेन शक्तिशाली सुपर कम्प्युटरमा अमेरिकाका पाँचवटा सुपर कम्प्युटर रहेका छन् । त्यस्तै टपटेनमध्ये स्विजरल्याण्ड,जर्मनी र जापानका एक एक सुपर कम्प्युटर परेका छन् ।  सबैभन्दा शक्तिशाली ५ सय सुपर कम्प्युटरको संख्यामा भने चीन पहिलो स्थानमा रहेको छ । यो सूचिमा चीनका २ सय २७ वटा कम्प्युटर परेका छन् भने अमेरिकाका १ सय ९ वटा ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.

You Missed