Breaking News.... EverestOnlineKhabar
May 1, 2026

गृहमन्त्रीद्वारा निर्मला हत्याका बिषयमा राज्य व्यवस्था समितिमा जवाफ दिन अस्वीकार

Loading

काठमाडौं । कञ्चनपुरकी निर्मला पन्त हत्या प्रकरण र अनुसन्धानको पछिल्लो अबस्थाबारे सांसदहरुले जानकारी माग्दा गृहमन्त्री रामबहादुर थापाले त्यसबारे जानकारी गराउँन इन्कार गरेका छन्।

आइतबार संसदको राज्य व्यवस्था समितिको बैठकमा समितिका सदस्यद्वय देवेन्द्रराज कडेँल र प्रेम सुवालले पन्त हत्याको अनुसन्धानबारे पछिल्लो अबस्था के छ भन्ने जानकारी मागेका थिए।

गृहमन्त्री थापाले आइतबारको बैठक नागरिकता ऐन संशोधन विधेयकको छलफल भएकोले पन्त हत्या प्रकरणबारे जानकारी गराउँनै चाहेनन् । उनले भने ‘पन्त हत्या प्रकरणबारे जानकारी गराउँने यो उपयुक्त ठाउँ होइन।’

गृहमन्त्री थापाले यसो भनेपछि राज्यव्यवस्था समितिका सभापति शशि श्रेष्ठले यो विषयमा मन्त्रीसँग छलफल भइरहेको भन्दै सरकारको बचाउ गरेकी थिइन्।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.

You Missed