Breaking News.... EverestOnlineKhabar
May 1, 2026

पूर्वउपसभामुख सुवेदीले गरिदिइन् बुहारीको बिहे

Loading

काठमाडौं । पूर्वउपसभामुख पूर्णकुमारी सुवेदीले भूकम्पमा परी छोराको निधनपछि एकल भएकी जेठी बुहारीलाई  अन्माएकी छन् । नेपाल कम्युनिस्ट पार्टीबाट प्रतिनिधि सभा सदस्य रहेकी सुवेदीले बुहारी मालती शर्माको बिहे गरिदिएकी हुन् । उनले छोरीको रूपमा बिहे गरिदिएको बताएकी छन् ।

मालतीको उनैले मन पराएका नेपालगञ्जका सुधीर गौतमसँग बिहे भएको छ । आफन्त र केही नेताहरूमात्र राखेर मालती–सुधीरको लगनगाँठो कसिएको थियो । सुवेदी तिर मालतीका दुई सन्तान छन् ।

सुवेदी परिवारले मालतीको खुशी पनि पूरा हुने भन्दै आफ्नै घरबाट अन्माएका थिए । उनका पहिला पति अच्युुत सुवेदी १२ वैशाख, २०७२ को भुकम्पमा काठमाडौंमा बसेको होटलमा च्यापिएका थिए । उनको उपचारका क्रममा भारतमा निधन भएको थियो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.

You Missed