Breaking News.... EverestOnlineKhabar
April 30, 2026

दशैंको बेला घर डेरा निर्धक्क नछोडन प्रहरीको आग्रह

Loading

काठमाडौं ।  खाली घर र डेरा भएको मौका छोपी चोरी हुने सम्भवना भएकाले प्रहरीले सबैलाई सावधानी अपनाउन अनुरोध गरेको छ।
महानगरीय प्रहरी परिसर काठमाडौंले दशैमा हुने चोरी तथा अपराधिक गतिविधि नियन्त्रण गर्न सादा पोसाकमा प्रहरी समेत खटाइसकेको छ।

खाली घर तथा डेरा छोडेर जाँदा प्रहरीलाई खबर गरेर जान परिसरका प्रमुख एसएसपी वसन्त लामा बताउँछन्। एसएसपी लामा भन्छन्, ‘खाली घर वा डेरा छोडेर जानुहुँदैछ भने प्रहरीलाई खबर गर्नुहोस्। तपाईँको नजिकै भएको प्रहरीसँग सम्पर्क गर्न सक्नुहुनेछ।’ एसएसपी लामाले प्रहरीलाई खबर गर्दा प्रहरीले घरको निगरानी राख्ने बताए।

थानकोट, नागढुंगा, जगाती, फर्पिङ, बालाजु लगायतमा प्रहरीको तालिम प्राप्त कुकुरसहितको टोलीले चेकजाँच लागि खटाइसकेको छ। चाडपर्वको समयमा मानिसहरूको बढी भिड हुने स्थानहरू घर, सम्पत्ति रहेको स्थान, विशिष्ट व्यक्ति, महत्वपूर्ण प्रतिष्ठानहरु, मठ मन्दिर, गुम्बा, व्यापारिक केन्द्र, बित्तीय संस्था, बैंक तथा सुन पसलमा उच्च निगरानी राखिएको लामाले बताए।

घर र कोठामा ताल्चा मारेर जाँदै हुनुहुन्छ भने छिमेकीलाई आफ्नो घरको बेलाबेला रेखदेख गर्न आग्रह गर्नु, साइरन जडित यन्त्र जडान गर्न समेत लामाले अनुरोध गरेका छन्। गाउँ, टोल, घर नजिकै अपरिचित, शंकास्पद व्यक्ति देखिए प्रहरीमा खबर गर्न अनुरोध छ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.

You Missed