![]()
धनगढी । गोदावरी चेन्बर अफ कमर्सले नेपाल आइडलका प्रतिष्पर्धी रवि ओड र नेपाली चलचित्रकी नायिका दिपीका प्रसाईंलाई नागरिक अभिनन्दन गरेको छ ।
सुदूरपश्चिम निवासी ओडले नेपाल आइडलमा उत्कृष्ट प्रदर्शन गर्दै सुदूरपश्चिम प्रदशेकै इज्जत बढाएको भन्दै शहर परिक्रमसहित नागरिक अभिनन्दन गरिएको हो ।
यस्तै, नायिका प्रसाईंले चलचित्रका माध्यमबाट सामाजिक सन्देश प्रवाह गरेकाले अभिनन्दन गरिएको चेम्बरका अध्यक्ष बिनोद मल्लले जानकारी दिए ।



