![]()
बीबीसी । उत्तर कोरियामा झन्डै एक महिनाअघि पक्राउ गरिएका जापानी पर्यटकलाई मानवताका आधारमा मुक्त गरिन लागेको छ। उत्तर कोरियाले मुक्त गर्न लागेका जापानी पर्यटकको नाम तोमोयुकी सुगिमोतो हो।
भिडिओ क्यामरा चलाउनु उनको पेसा हो। एक उत्तर कोरियाली सैन्य अखाडानजिकै भिडिओ क्यामेरा चलाइरहेको बेला उनी पक्राउ परेको जापानी सञ्चारमाध्यमको भनाइ छ। उनले कानुन उल्लङ्घन गरेकाले पक्राउ गरिको उत्तर कोरियाले बताएको छ।
उत्तर कोरियाको परमाणुअस्तर कार्यक्रम एवम् सन् १९७० र १९८० को दशकमा उत्तर कोरियाले केही जापानी नागरिकहरूलाई अपहरण गरेकाले दुई देशबीचको सम्बन्ध निकै तिक्ततापूर्ण रहँदै आएको छ।
उत्तर कोरियाको भ्रमण गर्ने पर्यटकहरूलाई कडाइका साथ निगरानी गर्ने गरिएको छ। कतिपय अवस्थामा पर्यटकहरूलाई पक्राउ गरेर उनीहरूको देशसँग मोलमोलाइ गर्नका लागि प्रयोग गर्ने गरिएको छ।
होटलमा सानो चोरी गरेको अभियोगमा पक्राउ गरिएका अमेरिकी विद्यार्थी अटो वार्म्बियर उत्तर कोरियालले हिरासतमा लिएको सबैभन्दा चर्चितमध्येका एक थुनुवा हुन्। उनी मानवताको आधारमा मुक्त गरिएलगत्तै गम्भीर बिरामी अवस्थामा घर फर्किएका थिए। पछि उनको मृत्यु भयो।


