![]()
काठमाडौं । नेपाल टेलिकमको प्रबन्ध निर्देशकबाट हटाइएकी कामिनी राजभण्डारी पुनर्बाहालीको माग गर्दै सर्वोच्च अदालत पुगेकी छन्। आफूलाई पदमुक्त गर्ने निर्णयविरुद्ध आइतबार सर्वोच्च गएर कामिनीले पुनर्बहालीको मागसहित रिट दर्ता गरेकी हुन्।
सर्वोच्च अदालतले राजभण्डारीलाई बर्खास्त गर्नुको कारण सरकारसँग माग गरेको छ । आफूलाई बर्खास्त गर्ने सरकारको निर्णय कार्यान्वयन नगर्न अन्तरिम आदेश माग गर्दै अदालत पुगेकी राजभण्डारीको रिटमाथि सुनुवाई गर्दै न्यायाधीश चोलेन्द्रशम्शेर जबराको एकल इजलासलेे अन्तरिम आदेश दिन भने अस्वीकार गर्यो ।
साउन २९ गते बसेको मन्त्रिपरिषद बैठकले टेलिकममा राजभण्डारीको कार्यसम्पादन सन्तोषजनक नभएको भन्दै बर्खास्त गर्ने निर्णय गरेको थियो ।


