Breaking News.... EverestOnlineKhabar
June 28, 2026

अमेरिकाको एरिजोनास्थित एक अस्पतालका १६ नर्स एकसाथ गर्भवती

Loading

एजेन्सी । अमेरिकाको एरिजोनामा रहेको एक अस्पालको सघन उपचार कक्षमा कार्यरत १६ नर्स गर्भवती भएका छन् । एरिजोनाको मिसामा रहेको अस्पतालको सघन उपचार कक्षमा कार्यरत १६ नर्स लगभग एउटै समयमा गर्भवती भएका हुन् ।

सघन उपचार कक्षका नर्सहरु एकसाथ आमा बन्न लागेका हुन् । १६ नर्स मध्ये पहिलो बच्चा सेप्टेम्बरमा जन्मिने छ भने अन्तिम बच्चा आउँदो जनवरीमा । गर्भवती भएका आइसियुका केही नर्सले शुक्रबार पत्रकार सम्मेलन गरेका थिए ।

उनीहरुले आफूहरुकै मजाक पनि बनाए । आफूहरुले एकसाथ क्रिमसका बेला बिदा लिन लागेको पनि उनीहरुले भनेका थिए ।

एरिजोनाको ब्यारेन हेल्थ अस्पतालका कर्मचारीले आउँदो हप्ता सबै गर्भवती नर्सको संयुक्त बेबी सावर गर्दै छन् । त्यसपछि गर्भवती नर्स मध्येका कोही १२ हप्ते सुत्केरी बिदामा जाने थाल्ने छन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.