Breaking News.... EverestOnlineKhabar
June 28, 2026

Loading

काठमाडौं । नेपाली खेलाडीले अब आइन्दा खेल मिलेमतो गरे तीन वर्ष कैद र रु ३० हजारसम्म जरिवाना हुने भएको छ । १६५ वर्ष पुरानो मुलुकी ऐनलाई प्रतिस्थापन गर्दै शुक्रबारदेखि लागू भएको मुलुकी अपराध संहिता २०७४ को भाग २ परिच्छेद १ राज्यविरुद्धको कसुरअन्तर्गत् दफा ५१ (३) मा राष्ट्रहित प्रतिकूल काम गर्न नहुने बुँदामा नेपाली खेलाडीले राष्ट्रका लागि खेल्दा खेल मिलेमतो गरे तीन वर्षसम्म कैद र ३० हजारसम्म जरिवाना हुने व्यवस्था गरिएको छ ।

त्यसैगरी, खेल मिलेमतो गराउन आदेश वा निर्देशन दिने व्यक्तिलाईसमेत मुख्य कसुरदारसरह सजाय हुने व्यवस्था संहितामा गरिएको छ । यसैगरी, सार्वजनिक पद धारण गरेको खेलाडीले विदेशमा गएका बखत खेल मिलेमतो गरेमा उसलाई थप तीन वर्ष कैद हुनेछ ।

त्यसैगरी, संहितामा कसैले खेल मिलेमतो गर्दा कुनै रकम लेनदेन गरेको भएमा उपदफा ४ बमोजिमका सजायको अतिरिक्त लेनदेन गरेको रकमसमेत जफत हुने उल्लेख छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.