Breaking News.... EverestOnlineKhabar
June 28, 2026

पूर्व प्रधानमन्त्री खनालद्वारा ‘बिश्व शान्ति स्तम्भ’को शिलन्यास, बिश्वमा स्थायी शान्ति स्थापना गर्न सबैले पहल गर्नुपर्नेमा जोड

Loading

काठमाडौँ । पूर्वप्रधानमन्त्री एवं नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का वरिष्ठ नेता झलनाथ खनालले विश्व शान्ति स्तम्भको शिलान्याश गरेका छन् । डल्लु आवास क्षेत्रमा निर्माण हुन लागेको स्तम्भको खनालले  शिलान्याश गरेका हुन् ।

कार्यक्रममा बोल्दै नेता खनालले सम्पूर्ण नेपालीको चाहना स्थायी शान्ति भएको बताए । खनालले भने  ‘कुनै पनि प्रकारका हिंसा नहोस भन्ने हामी सवैको चाहना छ । यसकारण हामीले शान्ति स्तम्भ स्थापना गर्न लागेका छौँ ।’

‘हामी  नेपाल र सिंगो विश्वमा शान्ति चाहन्छौँ । सवैको भावनाको प्रतीकको रुपमा विश्व शान्ति स्तम्भको शिलान्याश गरेका छौँ । हामी सवैको चाहना स्थायी शान्ति स्थापना गर्नु नै हो ।’

२५/२६ सय वर्ष अगाडि भगवान गौतम बुद्धले शान्तिको परिकल्पना गरेर विश्वभर शान्ति सन्देश प्रवाह गराएको खनालले बताए । गौतम वुद्धको शान्ति सन्देशको प्रवाह आजको विश्वमा झन बढी आवश्यक परेको उनले औल्याए ।

उनले भने ‘आज सिंगो विश्वमा अशान्ति छ, अनिश्चित छ, अनेक प्रकारका हातहतियारहरू निर्माण भइरहेका छन् । एउटा हतियार विस्फोट हुँदा सिंगो संसार ध्वास्त हुन्छ । त्यस्ता हतियार निर्माण गर्ने होडबाजी चलिरहेको छ । त्यसकारण पनि शान्ति सन्देश विश्वमा प्रवाह गर्न आवश्यक छ ।’

स्तम्भ निर्माण गर्न लागिएको डल्लु आवास क्षेत्र शान्ति क्षेत्र रहेको समेत उनले बताए । उनले भने ‘डल्लु आवास क्षेत्रमा बस्ने सम्पूर्ण बासिन्दाहरू शान्ति चाहन्छौँ । हामी घरघरमा शान्ति चाहन्छौँ, टोलटोलमा शान्ति चाहन्छौँ, आवास क्षेत्रभरी शान्ति चाहन्छौँ । यहाँ कसैले पनि हिंसा नगरुन, चाहे महिला–पुरुषको बीचमा होस्, चाहे छिमेकीका बीचमा होस् ।’

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.