Breaking News.... EverestOnlineKhabar
June 28, 2026

म्यानचेस्टर सिटीका मिड फिल्डर केभिन डी ब्रुयन तीन महिना मैदान बाहिर

Loading

एजेन्सी ।म्यानचेस्टर सिटीका मिड फिल्डर केभिन डी ब्रुयन तीन महिना मैदानबाहिर हुने भएका छन्। प्रिमियर लिगको सिजनको सुरुवातमै ब्रुयनले सुरुवाती तीन महिना गुमाउने भएपछि साबिक च्याम्पियन सिटीमाथि दबाब बढेको छ।

बेल्जियम स्टार डी ब्रुयन आर्सनलसँगको खेलका दौरानमा घुँडाको चोट बोक्न पुगेका थिए। उनी दोस्रो हाफमा नै चोटका कारण मैदानबाट बाहिरिएका थिए ।बुधबारकै अभ्यासमा घाइते भए पनि उनलाई सिटीले आर्सनलविरुद्ध मैदानमा उतारेको थियो। २७ वर्षीय ब्रुयनलाई दाहिने घुँडामा चोट लागे पनि अप्रेसन भने गर्नु नपर्ने जनाइएको छ। यसअघि पनि उनलाई पटक–पटक चोट लाग्दै आएको थियो।

डी ब्रुयनले २०१६ मा १२ खेल गुमाएका थिए। इएफएल कपको सेमिफाइनलमा एभर्टनसँग प्रतिस्पर्धाका दौरानमा उनको दाहिने घुँडामा चोट लागी घाइते भएका थिए। उनले गत संस्करणमा १२ गोल गर्दा २१ गोलका लागि मौका सिर्जना गरेका थिए।

उनले टफ क्लासका खेलहरूमा लिभरपुल, टोटनह्याम र म्यानचेस्टर युनाइटेडसँगको खेल मिस गर्नेछन् भने च्याम्पियन्स लिगको समूह चरणका खेल पनि गुमाउनेछन्।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.