Breaking News.... EverestOnlineKhabar
June 28, 2026

Loading

काठमाडौं । एसिया कपका लागि नेपाली क्रिकेट टोलीको घोषणा भएको छ । १५ सदस्यीय टोलीमा विनोद भण्डारी र सागर पुनले कमब्याक गरेका छन् । अरु १३ खेलाडी भने नेदरल्याण्डसँग एक दिवसीय सिरिज खेल्दाका खेलाडी नै छन् ।

नेदरल्याण्डसँग एक दिवसीय खेल्दा शक्ति गौचन र शरद भेषवाकर पनि टीममा थिए । तर, शक्तिले सन्यास लिइसके भने शरद चोटग्रस्त छन् ।

नेपाली टोली पारस खड्काको कप्तानीमा मैदानमा उत्रिनेछ । टीमका पारसका अलवा ज्ञानेन्द्र मल्ल, बसन्त रेग्मी, सोमपाल कामी, सुवास खकुरेल, विनोद भण्डारी, दिपेन्द्र सिंह ऐरी रहेका छन् । त्यस्तै सन्दीप लामिछाने, करण केसी, ललित सिंह भण्डारी, अनिल कुमार शाह, ललित नारायण राजबंशी, सागर पुन, आरिफ शेख र रोहित कुमार पौडेल छन् ।

वैकल्पिक खेलाडीमा प्रदिप ऐरी, सुनिल धमला, किशोर महतो र सुशन भारी परेका छन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.