Breaking News.... EverestOnlineKhabar
June 28, 2026

ढल्केबर सबस्टेसन सञ्चालनमाः३ सय मेगावाट बिजुली आयात–निर्यात गर्न बाटो खुल्यो

Loading

काठमाडौ,भदौ ।
धनुषामा निर्माण गरिएको ढल्केबर सबस्टेसन संचालन (चार्ज) मा आएको छ । योसँगै अब करिब २ सय ७०देखि ३ सय मेगावाटसम्म बिजुली आयात–निर्यात गर्न सकिनेछ । नेपालकै हालसम्मको ठूलो स्वचालित २२०–१३२ केभी ढल्केबर सबस्टेसनको बिहीबार राती ११ बजे चार्ज गरी संचालनमा ल्याइएको नेपाल विद्युत प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङले जानकारी दिए । सब स्टेसन चार्ज भएपछि भारतबाट पहिलोपल्ट २२० केभी प्रसारण लाइनबाट विद्युत आयात सुरु भएको छ । यसअघि ढल्केबर सबस्टेसन निर्माण सम्पन्न नभएकाले १३२ केभीमार्फत विद्युत आयात भइरहेको थियो ।
कार्यकारी निर्देशक कुलमान घिसिङले भनेः‘ ढल्केबर सबस्टेसन संचालनमा आउनु आन्तरिक प्रसारण प्रणाली सुदृढीकरण र दुई मुलुकबीचको विद्युत व्यापारका लागि एउटा कोशेढुंगा हो, ढल्केबरमै ४००–२२० केभीको अर्को सबस्टेसन निर्माण गरिरहेका छौं, यसको काम पनि डेढ वर्षभित्रमा सक्नेछौं ।’ विद्युत आदान प्रदानका लागि ढल्केबर–मुजफ्फपुर ४०० केभी क्रसबोर्डर प्रसारण लाइन यस अघि नै निर्माण सम्पन्न भइसकेको छ । सबस्टेसन चार्ज भएपछि नेपाल र भारतबीच थप विद्युत आयात–निर्यातका लागि पूर्वाधार तयार भएको प्राधिकरणका प्रवक्ता एवं विद्युत व्यापार विभागप्रमुख प्रबल अधिकारीले जानकारी दिए । स्वचालित भएकाले काठमाडौको स्यूचाटारमा रहेको प्राधिकरणको भार प्रेषण केन्द्रबाटै सब स्टेसनको संचालन र अनुगमन गर्न सकिने छ । सबस्टेसनमा १६०–१६० एमभीए, २२०–१३२ केभीका दुई वटा ट्रान्सर्फमर रहेका छन् । भारतबाट थप विद्युत आयातका लागि पूर्वाधार तयार भएको छ, ४५६ मेगावाटको माथिल्लो तामाकोसीको निर्माण सम्पन्न भएपछि नेपालमा वर्षायाममा विद्युत बढी हुन गएको खण्डमा निर्यात गर्नका साथै उक्त लाइनमार्फत इनर्जी बैकिङ गर्न समेत बाटो खुलेको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.