Breaking News.... EverestOnlineKhabar
June 28, 2026

नेपाल प्रहरीका ४ डिआइजी र २७ एसएसपीको सरुवा (को कहाँ सरुवा)

Loading

काठमाडौ,साउन ।
गृह मन्त्रालयले ४ डिआइजी र २७ जना एसएसपीको सरुवा गरेको छ। गृह मन्त्रालयले प्रदेश नम्बर ६ र ७ का प्रहरी प्रमुख सरुवा गरेको छ। प्रदेश नम्बर ६ मा डिआइजी महेश बिक्रम शाह तथा प्रदेश नम्बर ७ मा सुरज केसीलाई पठाइएको छ। यसअघि प्रदेश नम्बर ६ का प्रमुख रहेका डिआइजी सुरेशबिक्रम शाहलाई तालिम निर्देशनालयमा सरुवा गरिएको छ। प्रदेश नम्बर ७ का डिआजी शरद चन्दले गत महिना अवकाश पाएका थिए।
त्यस्तै,डिआईजी धिरु बस्नेतलाई सुरक्षा सेवा निर्देशनालयमा सरुवा गरिएको छ। सरुवा अनुसार काठमाडौं परिसरमा बसन्त लामालाई पठाइएको छ। काठमाडौं परिसरका एसएसपी विश्वराज पोखरेलको प्रहरी कन्सुलरका रुपमा नयाँदिल्लीस्थित नेपाली दुतावासमा सरुवा भएको छ। ललितपुरमा एसएसपी रबिन्द्र धानुकलाई पठाइएको छ। ललितपुर परिसरका एसएसपी गणेश ऐरलाई कल्याण शाखामा सरुवा गरिएको छ।
त्यस्तै,अरुण बिसीलाई अख्तियार, ईश्वरबाबु कार्कीलाई मानव बेचबिखन अनुसन्धान ब्यूरो, उत्तम सुवेदीलाई प्रहरी प्रधान कार्यालय, किशोर दाहाललाई प्रदेश नम्बर १ प्रहरी कार्यालय, तारिणी लम्साललाई प्रदेश नम्बर ३ कार्यालय, दिलिप चौधरीलाई विपद् व्यवस्थापन महाशाखामा सरुवा गरिएको छ।
नरबहादुर खत्रीलाई प्रदेश नम्बर ५, नलप्रसाद उपाध्यायलाई युक्ति महाबिद्यालय, निरज बहादुर शाहीलाई साइबर ब्यूरो, पुरुषोत्तम कँडेललाई भर्ना छनौट महाशाखा, पूर्णचन्द्र जोशीलाई बिशेष सशस्त्र प्रहरी निर्देशनालयमा सरुवा गरिएको छ।
त्यस्तै, प्रकाशजंग कार्कीलाई प्रदेश तालिम केन्द्र पोखरा, प्रद्युम्न कार्कीलाई महानगरीय प्रहरी कार्यालय रानीपोखरी, विकास श्रेष्ठलाई कार्य महाशाखा, वीरेन्द्र श्रेष्ठलाई पश्चिम क्षेत्रीय तालिम केन्द्र, महाउँद आलम खाँलाई आतंकवाद नियन्त्रण महाशाखामा सरुवा गरिएको छ।
मुकुन्दराज आचार्यलाई क्षेत्रीय तालिम केन्द्र जनकपुर, राजेश लाल कर्णलाई अपराध अनुसन्धान बिद्यालय, रामकृपाल शाहलाई प्रहरी तालिम केन्द्र दीपायल, शरद खत्रीलाई संघीय प्रहरी इकाई कोशी, सहकुल थापालाई पूर्व क्षेत्रीय तालिम केन्द्र विराटनगर तथा हरिबहादुर पालको अन्वेषण योजना निर्देशनालयमा सरुवा भएको छ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.