Breaking News.... EverestOnlineKhabar
June 28, 2026

पुनर्निर्माण प्राधिकरणको सिइओमा पुनः सुशील ज्ञवाली नियुक्त

Loading

काठमाडौं।  सरकारले पुनर्निर्माण प्राधिकरणको प्रमुख कार्यकारी अधिकृत (सिइओ) मा दोस्रो पटक सुशील ज्ञवालीलाई नियुक्त गरेको छ। मन्त्रिपरिषद्को बैठकले करिब डेढ वर्षअघि बर्खास्तीमा परेका ज्ञवालीलाई पुनः प्राधिकरणको नेतृत्व सुम्पेको हो।

सरकारले गत २२ असारमा अघिल्लो सरकारले गरेका सबै राजनीतिक नियुक्ति बदर गर्ने निर्णय गरेसँगै यसअघि सिइओ कायम रहेका युवराज भुसाल पदमुक्त भएका थिए।  त्यसयता प्राधिकरणको नेतृत्व खाली थियो।

ज्ञवाली १० पुस २०७२ सालमा प्राधिकरणको सिइओ नियुक्त भएका थिए। त्यसको एक वर्षपछि २७ पुसमा उनलाई तत्कालीन सरकारले बर्खास्त गरेको थियो। आफू बर्खास्तीमा परेपछि अदालत गएका उनको मुद्दा अझै विचाराधीन छ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.